मेची बहुउदेश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । झापाको दमकमा प्रधान कार्यालय रहेको संस्थाले बिर्तामोडमा सातौं सेवा केन्द्र विस्तार गरेको हो ।

सहकारीले बिर्तामोड सेवा केन्द्रमा सोमबार पत्रकार भेटघाट गरी सेवा केन्द्र स्थापना गरिएको जानकारी दिइएको हो । बिर्तामोड सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको गतिविधि बारे जानकारी गराएका थिए ।

२०५४ सालमा स्थापना भएको संस्थाको ९ हजार ४ सय ७६ जना सदस्य रहेका छन् । त्यस्तै संस्थाको शेयरपुँजी ३१ करोड १४ लाख २ हजार ६ सय रुपैयाँ, निक्षेप १ अर्ब ९३ करोड ४१ लाख ७ हजार ७ सय ८० रुपैयाँ २८ पैसा, कर्जा लगानी २ अर्ब ५० करोड २९ लाख ६४ हजार ५ सय २८ रुपैयाँ ५८ पैसा र नाफा ९ करोड ५ लाख २२ हजार २ सय ९५ रुपैयाँ ६९ पैसा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

संस्थाका अध्यक्ष भट्टराईले हालसम्म सहकारी शेयर सदस्यहरुलाई प्रदान गरिएका विभिन्न सेवा–सुविधा र शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।