विराटनगर। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. विराटनगरले ‘ग्राजीया बीएस सिक्स’ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले विराटनगरमा सोमबार एक कार्यक्रम गरी नयाँ मोडलको ‘ग्राजीया बीएस सिक्स’ लञ्च गरेको हो । आकर्षक र स्टाइलिस लुक रहेको यो स्कुटर १२५ सिसीको रहेको छ । नयाँ मोडलको उक्त स्कुटर फिचरहरू थप गरी पूर्णरूपमा डि–डिफाइनल गरिएको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. विराटनगरका शोरुम प्रमुख मदन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नयाँ मोडलको स्कुटरको १५५ देखि १७१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत स्कुटरको दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमष्टी जस्ता जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
होण्डाको पिजिएम (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । नयाँ मोडलको स्कुटरमा साइट स्ट्याण्ड इञ्जिन अफ पिचर, एसिजीसहितको साइलेन्ट स्टार्टको साथ इपिएस टेक्नोलोजीका साथ एचइटी इञ्जिनजस्ता अन्य विभिन्न उपयोगी विशेषताहरू रहेको श्रेष्ठले जानकारी दिए ।
‘ग्राजीया बीएस सिक्स डिआरएस’ मोडलको स्कुटरको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै ‘ग्राजीया बीएस सिक्स डिएसएस’ मोडलको २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । अहिले बजारमा आएको नयाँ मोडलको स्कुटर पाँच कलरमा रहेको छ । नयाँ मोडलको स्कुटर बजारमा आएको अवसरमा कम्पनीले अहिले सीमित अवधिको लागि ४ हजार ५ सय रुपैयाँ छुट दिएको छ ।