इटहरी/  हाल पशु बधशाला क्षेत्रको स्तरउन्नती गर्दै कोलिस्टोरसहितको आधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरी उपमहानगरले तयारी गरेको छ ।

इटहरी उपमहानगर, प्रदेश सरकार र संघिय सरकारको गरि करिब १० करोडको लगानीमा अत्याधुनिक कृषि बजार सञ्चालनमा ल्याउने इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन् ।

कृषि बजारलाई व्यवस्थित गर्न आधुनिक कृषि बजार निर्माणको काम गरिने उपमेयर गौतमको भनाई थियो । कोलिस्टोर सहितको आधुनिक कृषि बजारको लागि १० करोडको लागि डिपिआर बनाएर  प्रदेश सरकार र संघिय सरकारलाई दिएको र बजेट समेत छुट्याईएको उनको भनाई थियो । ठेक्का लाग्न मात्र बाँकी छ उपमेयर गौतमले भनिन् ।

इटहरी उपमहानगरपालिकाले दुई करोड १२ लाख ,संघिय सरकारको दुई करोड १२ र प्रदेश सरकारले १ करोड यही बर्ष छ्ट्याएको उपमेयर गौतमले बताईन । आधुनिक कृषि बजारमा होलसेलका ठुला ठुला गोदामहरु समेत रहने छन गौतमले भनिन् । सोही ठाउँमा बशशालालाई पनि व्यवस्थित तरिकाले बध गर्ने गरि संरचना निमार्ण हुने उनको भनाई थियो ।

तीन करोड लागतमा करिब ६ बर्ष अगाडी  निमार्ण भएको इटहरी बधशाला,प्रयोगमा नआउँदा करोडौको लगानी बालुवामा पानी हुन पुगेको छ ।