ईलाम/ इलाम देउमाई नगरपालिका –२ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुवा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए ।
घाईतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको थियो ।
कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाए प्रहरीले जानकारी दिएको छ।