सानिमा लाइफ इन्सुरेन्सले साउन २० गतेबाट ६० लाख  कित्ता आइपीओकाे  बिक्री खुला गर्ने भएको छ ।

प्रति कित्ता शेयर  १०० रूपैँयाकबा दरले   ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको कम्पनिले जनाएकाे छ । जस मध्ये ३ लाख कित्ता अर्थात ५ प्रतिसत कर्मचारीलाई र ५ प्रतिसत म्युचुअल फन्डलाइ छुट्याइएकाे छ । बाकी रहेकाे ९० प्रतिसत अर्थात  ५४ लाख कित्ता सर्भसाधारणका लागी छुट्याइएकाे छ । 

प्रवन्धक प्रभु क्यापिटल रहेकाे सानिमा लाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।जसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ ।