मोरङ । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।

साेमबार दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।

सिटी सफारीसहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको  छ ।