रोमेलु लुकाकुले चेल्सी फर्कने तयारी गरेका छन् । क्लबको कीर्तिमानी मूल्यमा उनी चेल्सी फर्कन लागेका हुन् । उनले चेल्सीसँग ५ वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ । 

चेल्सीले प्रस्ताव गरेको १ सय १५ मिलियन युरो मूल्यलाई अन्तिम रुप दिन लुकाकु लण्डन फर्कन लागेको सञ्चारमाध्यमले जनाएका छन् । 

सम्झौतालाई अन्तिम रुप दिन क्लबका वकिल लागिपरेका छन् । 

२८ वर्षीया फरवार्डले मिलान क्लबमा आफ्नो पहिलो चरणको मेडिकल प्रक्रिया पुरा गरेका छन् ।

इन्टर मिलानले सुरुवातमा चेल्सीको दुई वटा प्रस्ताव अस्विकार गरेको थियो । उसले दोस्रो पटक चेल्सीले राखेको सय मिलियन युरो सहित लेफ्ट ब्याक मार्कोस एलान्सोको प्रस्ताव समेत टारेको थियो ।

लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । उनले मात्र १५ खेलमा चेल्सीमा देखिन पाए । उनी अन्डरलेच क्लबबाट सन् २०११ म चेल्सी आएका थिए ।

युरोपको उत्कृष्ट फरवार्डको रुपमा आफूलाई प्रमाणित गरेका लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । 

दुई वर्ष म्यान्चेष्टर युनाईटेडमा बिताउँदा उनले ९६ खेलमा ४२ गोल गरेका थिए । उनले सन् २०१९ मा इन्टर मिलान आउने निर्णय गरेका थिए ।

उनले सिरि एमा गत सिजन २४ गोल गरे । उनले इन्टरलाई ११ वर्षको अन्तरमा पहिलो लिग उपाधि जिताए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरि एको उपाधि जितेको थियो ।

गत सिजन च्याम्पियन लिग जितेपनि चेल्सीले घरेलु लिगमा खासै उपाधिमा चुनौती दिन सकेको छैन । लुकाकुको आगमनसंगै प्रिमियर लिग र युरोपेली फुटबलमा थप शक्तिशाली बन्न सकिने चेल्सीको विश्वास छ ।