सप्तारीकाे बोदेबर्साईन नगरपालिकामा पाेखरीमा डुबेर एकजनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा नगरपालिका वडा नम्बर २ जोगियाका १८ वर्षीय ईन्द्र नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । कार्यालयका अनुसार जोगियाका पिन्टु साहको पोखरीमा नुहाउन भनेर हिडेका चाैधरीकाे शव पाेखरीमा फेला परेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले शवको जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धान थालेबताएका छन् ।