कपिलवस्तुमा रेड पाण्डाका छालासहित ३ जना पक्राउ परेका छन् । बिहिबार करिब साढे सात बजे राती जिल्लाकाे वाणगंगा नगरपालिका ४ सिद्धिपुरमा रहेकाे बराल हाेटलमा रेड पाण्डाकाे छालाकाे कारेबार हुँदै गरेका भन्ने सुचनाका आधारमा पुगेकाे प्रहरी टाेली उनिहरूलाई पक्राउ गरेकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा साेही ठाउँका ३२ वर्षीय आशिस जोगी, २६ वर्षीय सौरभ राजबंशि र झापा बिर्तामोड नगरपालिका ५ का २९ वर्षीय खगेन्द्र पुरी रहेका छन् । प्रहरीले उनिहरूकाे साथबाट रेड पाण्डाको छाला २ थान र त्यसकाे पुच्छर १ थान बरामद गरेकाे छ पक्राउ परे उनिहरू उपर थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएका छ ।