आज (शुक्रबार) पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोभिड संक्रमित थपिएका छन् । १८ हजार ५८२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।