तालिवान लडाकूहरु अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका एक उच्च अधिकारीहरुलाई उद्वृत रोयटर्सले जनाएको छ ।
काबुलको चारै तिरबाट तालिवानी लडाकु प्रवेश गरिरहेको र वरपर गोलिबारीको आवाजसमेत आइरहेको बताइएको छ । यसै विच अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ । अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको जनाएका छन् ।
रोयटर्सले विस्तृत विवरण नखुलाएपनि अहिलेसम्म राजधानी शहर सुरक्षा फौजकै कब्जामा रहेको जनाइएको छ । यता काबुलबाहेक सबै सहर नियन्त्रणबाहिर गइसकेकोले राष्ट्रपति अशरफ घानीसँग तालिबान विद्रोही समूहसमक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ ।
घानीले शनिवार अफगान नागरिकलाई एक संक्षिप्त संबोधन गरेका थिए ।

जसमा साहसी सुरक्षा बलको प्रशंसा गर्दै आफू नागरिकमाथिको हिंसा, विस्थापन हुनबाट रोक्न र अस्थिरता हटाउने केन्द्रित रहेको बताएका थिए । तालिबान अफगानिस्तानको राजधानी काबुल नजिकिँदै गर्दा त्यहाँको तनाव बढिरहेको बेला राष्ट्रपति घानीले आफ्नो राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।