अफगानिस्तानमा तालिबानले कब्जा गरेसंगै संकटमा परेका नेपालीकामदारकाे उद्धारका लागी तैयारी थालिएकाे छ ।

त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउका लागी उद्धार संयोजन गर्न समिति गठन गरिएकाे छ । 

दिल्ली स्थित नेपाली दूतावासले  अफगानिस्तानमा रहेका नेपालीलाई घर फर्कने तयारी गर्न अनुराेध गर्दै एक विज्ञप्ती जारी गरेकाे छ । 

जारी विज्ञप्तीमा नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।


अफगानिस्तानमा-रहेका-नेपालीहरूका-लागि-सुरक्षा-सतर्कता-अपनाउने-सम्बन्धी-जरूरी-सूचना-791x1024-1