बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा एक महिलाको शव फेला परेको छ ।

बराहक्षेत्र –४ स्थि नयाँ पुल खोरियामा एक महिलाको शव फेला परेको हो । अन्दाजी ५६ वर्षीय महिलाको शव नहरको पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

महिलाको शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिए । उनका अनुसार स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपटि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।