मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन दोहोरो अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से दोस्रो दिन भने सामान्य बढेको छ । उतारउढाबकाबीच सोमबार सेयर बजार परिसूचक नेप्से ५.७५ अङ्कले बढेर ३१६०.०९ अङ्कमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । नेशनल हाइड्रोपावरका, कर्पोरेट डेभलमेन्ट बैंक, रीडी हाइड्रोपावर, खानिखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता आईसीएफसी फाइनान्सको सेयरमूल्य ६.२७ प्रतिशतले गिरावट हुँदा माउन्टेन इनर्जीको सेयरमूल्य ५.३३ प्रतिशत, युनियन लाइफको सेयरमूल्य ४.५३ प्रतिशत र ङ्यादी पावरको सेयरमूल्य ४.३३ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८५ कम्पनीका सेयर कारोबारमा आएकोमा ८८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ९१ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बजार परिसूचकमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार अहिलेसम्मकै उच्च २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा आज करिब १६ अर्बको कारोबार भएको छ । आज नेप्सेमा २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ३८ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा समान्य वृद्धि हुँदा विकास बैंक, हाइड्रोपावर, लगानी, उत्पादनमुलक र लघुत्ति उपसूचकले साथ दिँदा, बैंकिङ, होटेल तथा पर्यटन, वित्त कम्पनी जीवन बिमा, निर्जीवन बिमा उपसूचकमा भने गिरावट भएको छ ।

आज उत्पादनमूलक उपसूचक सवार्धिक २.२८ प्रतिशत, लगानी उपसूचक २.२७ प्रतिशत, विकास बैंक उपसूचक १.३४ प्रतिशत र हाइड्रोपावर उपसूचक १.१ प्रतिशतले बढेको छ । यता होटेल तथा पर्यटन उपसूचकमा १.२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९७ प्रतिशत, जीवन बिमा उपसूचक ०.९६ प्रतिशत र बैंकिङ उपसूचक ०.५१ प्रतिशतले घटेको छ ।

आज बजारमा नेशनल हाइड्रोपावको सवार्धिक ७४ करोड ९७ हजारको कारोबार हुँदा नेपाल बैंकको ६४ करोड ७० लाख २४ हजारको कारोबार भएको छ । यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी ५४ करोड ८४ लाख ७५ हजारको कारोबार भएको छ ।