मोरङ/ मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।
हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule –२८८२ र Spas pain Tablet – २९२० सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।