सिरहा । मिर्चैया नगरपालिकाको नगरप्रमुख श्रवण कुमार यादवको तस्विर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई रकम माग गर्दै आएको पाइएको हो ।

नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको नगरप्रमुख यादवले बताएका छन् । उनले सामाजीक संञ्जाल फेसबुक उनकाे तस्विर राखी फेक आइडी बनाइ बिभिन्न बहानामा बिभिन्न व्यक्तिहरूलाइ रकम मागेकाे  भन्दै त्यसरी रकम माग्ने आफू नभएकाे बताएका छन् । उनले भने ' मेरो तस्बीर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ ।  फेक आइडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो ।     ' 

 फाेटाे तथा नामकाे प्रयाेग गरी समाजिक संञ्जालमा यस्ताखाले अस्वाभाविक व्यवहार भए  भ्रममा  नपर्न अनुराेध गर्दै  आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराएका छन् ।