धरान / अन्तर्राष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवद्र्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको छ ।

दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वल्र्ड डिस्ट्रिव्युसनको सहयोगमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हो । 

धरानको बराह ट्रेड सेन्टरको हलमा सम्पन्न कार्यक्रममा दाहुवाका सिसिटिभी लगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले वर्तमान समयमा विकासका लागि प्रविधि अत्यावश्यक रहेको र दाहुवाका उपकरणले विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा भएको कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक तथा विक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरु आम मानिसहरुले प्रयोग गर्न सक्ने अवश्थामा रहेको बताए । कार्यक्रममा टेक वल्र्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरु बारे जानकारी गराएका थिए । दाहुवाका उत्पादनहरुको बजार विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक जिग्बी टेकका प्रबन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।