धरान । साङ्ग्रिला विकास बैङ्क लिमिटेडले आफ्नो सत्रौं वार्षिकोत्सवको अवसर पारेर देशभरि नै साप्ताहिक कार्यक्रम मनाएको छ ।

यसक्रममा इटहरी शाखाले रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कको शाखा कार्यालयले गरेको रक्तदानमा ९३ युनिट रगत सङ्कलन भएको थियो ।

देशभर बैङ्कका ९८ वटा शाखा छन् भने ३१ वटा एटिएम सञ्चालनमा रहेको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गत रहेका शाखाहरूले आँखा शिविर, रक्तदान, वित्तीय साक्षरतालगायतका कार्यक्रम गरेको क्षेत्रीय प्रबन्धक उमेश खड्काले जानकारी दिए ।