विजयपुर । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैंदेखिको ‘क्यासब्याक र र बम्पर उपहार’ योजनालाई निरन्तरता दिएको छ ।

टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । टिसिएल ब्राण्डका सामानहरू खरिद गर्दा ५८ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ ।

यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकले ५५ इञ्चको टिसिएल कर्भ स्मार्ट एलइडी टिभी पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

टिसिएलका एलइडी टिभी खरिद गर्दा ५८ हजार ७ सय रुपैयाँ, वासिङ मेसिनको खरिदमा २० हजार १ सय रुपैयाँ, एसी खरिदमा ५१ हजार ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

वाटर डिस्पेन्सरको खरिदमा ४ हजार २ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । एसीको जडान निःशुल्क गरिदिने कम्पनीले जनाएको छ । साथै सामानहरूमा वारेण्टी तथा निःशुल्क डेलिभरी सेवा पनि उपलब्ध छ ।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै भदौ–२७ देखि यो योजना सुरु गरेको थियो । निश्चित समयका लागि योजनालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।