विजयपुर । एलजी कम्पनीले यु.पी. सिरिजको यु.एच.डी. टेलिभिजन बजारमा ल्याएको छ ।
एलजी ब्राण्डको आधिकारिक विक्रेता सि.जी. इम्पेक्सले बजारमा ल्याएको हो । टेलिभिजन ५० इञ्च, ५५ इञ्च, ६५ इञ्च र ७५ इञ्चका रहेको कम्पनीले जनाएको छ ।
टेलिभिजनमा रियल फोर.के. डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइन रहेको छ । साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोरके, एच.जी.आई.जी. मोड, अटोलो ल्याटेन्सी मोड गेम अप्टिमाइजर, ए.आई. ब्राइटनेस, ए.आई साउण्ड, एच.डी.आर. टेक्नोलोजी, फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कण्ट्रोलजस्ता विशेषताहरू रहेको छ ।
टेलिभिजनमा एल.जी. थिङक्यु ए.आई टेक्नोलोजी रहेको छ । टेलिभिजनमा एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरू रहेको छ । जसको सहयोगले आफ्नो आईफोनबाट सिधै स्क्रिन शेयर÷स्क्रिन मिरर गर्न मिल्छ ।