बिर्तामोड । झापामा ‘एभरेष्ट लार्ज कार्डमम प्राली’ संचालनमा आएको छ । अलैंचीलाई प्रशोधन गरेर मसला उत्पादन गर्न सो उद्योग सञ्चालनमा आएको हो ।

उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल र अभिनेतृ स्वस्तिमा खड्काले संयुक्त रुपमा उदघाटन गरेका छन् । ७ करोडको लागतमा उद्योग सञ्चालनमा आएको बताइएको छ ।

नेपालका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज माण्न्टेन पल्स, मिजाज अलैंची पाउडर, मिजाज अलैची दाना र मिजाज अलैंची नामका चार प्रकारका मसला सो उद्योगले उत्पादन गर्ने कम्पनिका सञ्चालक निर्मल भट्टराईले जानकारी दिए ।

मिजाज माउन्टेन पल्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो बिशेष गरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने  अध्यक्ष  भट्टराईले जानकारी दिए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।

मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र ककटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्च स्तरीय अलैंची दानालाई प्रशोधित गरी सर्वाेत्तम गुणस्तर तयार पारिएको अध्यक्ष भट्टराईले बताए । यस दानालाई शाकाहारी र मांसहारी परिकार, मिठाई तथा चिया, सर्बत र ककटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिनेछ । यो दाना ५०० ग्राम र एक केजीको उपलब्ध छ ।

त्यस्तै मिजाज अलैची शाकाहारी र मांसहारी परिकारमा मसलाको रुपमा र बिरयानी पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ । मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध रहेको छ ।

नेपाली कच्चा अलैचींलाई प्रशोधनसहित तेस्रो मुलुकमा सम्म निर्यात गर्ने उदेश्य राखेर सुरु गरिएको उद्योगले विदेशी मुद्रा आर्जन गरेर नेपाली अर्थतन्त्रलाई उकास्न सहयोग गर्नेमा आफूहरु आस  ावादी रहेको उद्योगका प्रवन्ध निर्देशक सञ्जिव घिमिरेले बताए । उनका अनुसार नेपाल, भारत, पाकिस्थान, बंगलादेश र अरब राज्यहरुमा एभरेष्ट लार्ज कार्डमम प्रा।लि।को उत्पादनहरुको माग बढी रहेको छ ।