धरान । स्मार्ट फोन भिभोले सेल्स कार्निभल बुधबारबाट सुरु भएको छ ।

नेपालमा प्रवेश गरेको चौथो वार्षिकोत्सव मनाउँदै सेल्स कार्निभल सुरु गरेको हो । कार्निभल २२ दिनसम्म चल्नेछ । भिभोले आफ्ना ग्राहकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

चार वर्षको अवधिमा उत्कृष्ट बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । कार्निभलको अवसरमा नयाँ उत्पादन वाई सिरिजको वाई १५ स्मार्ट फोनको लञ्च गरिएको छ । अभिनेता प्रदीप खड्काले फोनको लञ्च गरे । भिभोले हरेक वर्ष सेल्स कार्निभल गर्दै आएको छ ।

यसक्रममा विभिन्न उपहारसहित विशेष छुटको समेत व्यवस्था गरेका छ । जसमा ग्राहकहरूले भिभोको भी २०, भी २० एसई, भी २१, भी २१ ई र वाई १२ एसको खरिदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्यान्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबड्स जस्ता उपहार जित्न सक्ने जनाइएको छ ।

यस अवधिमा भिभो खरिद गर्ने ग्राहकहरूलाई निर्धारित समयभन्दा थप ६ महिना वारेन्टी पनि दिने जनाइएको छ । भिभो कार्निभलको उद्घाटन अभिनेता प्रदीप खड्काले गरे ।