धरानमा नेकपा एमालेको वडा कमिटीले सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । एमालेको १४ नम्बर वडा कमिटीले स्थानीय पञ्चायत दन्तकाली माविका विद्यार्थिलाइ आज एक कार्यक्रमका बिच स्विटर वितरण गरेको हो ।
वडा कमिटी अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षतामा तथा धरान उपमहानगरकी उपप्रमुख नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा विद्यालयका कक्षा पाँच सम्मका ९५ विद्यार्थीलाई स्वेटर वितरण गरेको नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनालले जनाएका छन् ।
एमाले धरान सहइञ्चार्ज ऋषिराज राई, अध्यक्ष हर्क एभेङ, नगर सदस्य झरना सुनुवार, वडा अध्यक्ष कृष्ण भट्टराई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष सापकोटा, प्रअ शान्तिराम कोइराला लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका कक्षा १० का विद्यार्थीहरूले उपप्रमुख भण्डारीलाई कोचिङ कक्षा सञ्चालन गर्न र शिक्षकलाई समयमा कक्षामा उपस्थित अनुरोध गरेका छन् ।