धरान । साना तथा मझौला व्यवसायी तथा कार्यालयहरूलाई लक्षित गर्दै एनसेल आजियाटा लिमिटेडले आकर्षक योजना ल्याएको छ ।

एनसेलले ‘एनसेल बिजलाइट’ प्रिपेड योजना ल्याएको हो । यस योजनाका विशेषतामा कुनै निश्चित मासिक रकम तिर्नु नपर्ने, कम शुल्कमा पेजी, सियुजी, अन नेट र अफनेट कल सेवा लिन सकिने जनाइएको छ ।

त्यस्तै २ सय रुपैयाँको रिचार्जमा प्रत्येक ३० दिनमा एक जीबी डाटा बोनस दिइने, थप डाटा, भ्वाइस, एसएमएस र कम्बो प्याकको सुविधा साथै प्लान सुचारु गर्दा डाटा र मेन ब्यालेन्समा बोनस पाइने जनाइएको छ ।

विशेषगरी स–साना कार्यालयलाई लक्षित गर्दै यो योजना ल्याइएको हो । कार्यालयका साथीहरूसँग करसहित ३० पैसामा प्रतिमिनेटका दरले कुरा गर्न सकिने जनाइएको छ ।

ग्राहकले एकपटक मात्र करसहित १ सय ५० रुपैयाँमा बिजलाइट प्रिपेड योजना सुचारु गर्न सक्ने जनाइएको छ । यस योजनामा मेन ब्यालेन्सका रूपमा रहेको ३५ रुपैयाँ सात दिनको समयसीमाभित्र र ५ सय एमबी डाटा प्राप्त गर्न सक्नेछन् ।यो योजनामा आबद्ध हुन चाहने ग्राहकले कम्तीमा २ सिमकार्ड लिनुपर्ने जनाइएको छ ।