विजयपुर । धरान स्थित पब्लिक हाई स्कुलका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
शुक्रबार स्कुलमा एक कार्यक्रम गरी स्वागत गरेका हुन् । स्कुलमा कक्षा ११ मा इलेक्ट्रिक विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र सङ्कायमा ८ सय ९० जना विद्यार्थी भर्ना भएको स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।
विद्यार्थीलाई विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । कार्यक्रम कक्षा १२ का विद्यार्थीहरूले आयोजना गरेका हुन् । स्कुलले विद्यार्थीहरूको संयोजन गरेको प्रधानाध्यापक झाले बताए ।
विद्यार्थीको संयोजन शिक्षक दुर्गाप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रम कक्षा १२ का प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा धरान उपमहानगरका प्रमुख तिलक राईले पब्लिक स्कुलमा अध्ययन गर्न आउने विद्यार्थीलाई धन्यवाद दिएका थिए । उनले पब्लिक हाई स्कुल प्रदेश १ मा नमुना विद्यालयको रूपमा अघि बढ्दै गइरहेको बताए ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की, विद्यालयका सह–प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालयका इञ्चार्ज वीरेन्द्रबहादुर साहलगायतले अबिर र खादाले स्वागत गरेका थिए ।