सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले बढेर ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।