पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरस्तिथ नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सगठन र नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको नेतृत्व एकैसाथजसो चयन भएको छ ।
संगठन पथरीशनिश्चरे नगरको दोस्रो अधिवेशनबाट रोहिणी घिमिरे (रोहित पराइ) को अध्यक्ष रहेको सर्वसम्मत २१ सदस्यीय कमिटी सर्वसहमत निर्वाचित भएको छ ।
कमिटीको उपाध्यक्षहरुमा, हर्कराज जिमी, रीताकुमारी धिमाल, सचिवमा सुरेन्द्रप्रसाद दाहाल, सहसचिवमा रञ्जिता बराल, कोषाध्यक्षमा कमला पौडेल निरौला र सहकोषाध्यक्षमा कविताकुमारी शाही निर्वाचित भएका छन् । सदस्यहरुमा, केशवप्रसाद बजगाईं, पुण्यप्रसाद खरेल, हरिप्रसाद ढकाल, दमनध्वज आङ्देम्बे, धलबहादुर मगर, तारानिधि तिम्सिना, अम्बिका ढकाल न्यौपाने, विष्णुभक्त भण्डारी, नम्रता लामिछाने, नवीनचन्द्र आचार्य तथा महिलातर्फ तारादेवी खतिवडा, रूपमाया बस्नेत, शोभा सापकोटा, रीताकुमारी महत्तो चयन भए ।
प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरूले पेशागत मर्यादालाई ख्याल गर्दै विद्यार्थीहरुको समेत हकहितमा अघि वढ्न शुभकामना व्यक्त गरिन् ।
अधिवेशनको अवसरमा सेवा निवृत्त शिक्षक तथा कर्मचारी गरी १५ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनुहुनेहरूमा, एकराज निरौला, डिल्लीराज दाहाल, रूद्व अधिकारी, केशव दाहाल, ऋषि सुवेदी, भगतचन्द्र थपलिया, रूपनारायण भट्टराई, दलबहादुर तामाङ, असल पयाङगू, केदार कोइराला, टीका दाहाललगायत रहेका छन् ।
उता, नेपाल शिक्षक संघ पथरी शनिश्चरेको दोस्रो नगर अधिवेशनले पुनः भरत बहादुर खड्काको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीता लुइटेल, ज्ञानबहादुर बस्नेत, सचिवमा शैलेन्द्र बस्नेत र अर्थ सचिवमा शंकर राजवंशी सह–सचिवमा खेमनाथ दाहाल, महिला सह–सचिवमा अम्बिका थापा खड्का, लिलमबहादुर बस्नेत र अर्थ सह–सचिवमा गंगा प्रसाद राजवंशी र अनिता राई चयन भएका छन् ।
कार्यक्रममा सामुदायीक विध्यालय तर्फ शैक्षिक सत्र २०७७ मा आधरभुत्तह उतिर्ण परीक्षा (कक्षा ८) बाट सर्वोकृष्ट अंक ल्याउने १÷१ छात्र छात्रालाई नगद ५÷५ हजारले सम्मान गरिएको थियो भने शिक्षण पेसामा प्रबेश शिक्षक शिक्षिकाहरुलाई स्वागत गरिएको थियो ।
नवनिर्वाचीत कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल शिक्षक संघ प्रदेश नं. १ का महासचिव ऋषिकेस कोइरालाले प्रमाण पत्र प्रदान गर्दै सफल्ताको शुभकामना ब्यक्त गरेका छन् ।