धरान । धरान–१६ को जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलले ख्रिष्टमस इभको अवसरमा एकल गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगिता सिनियर र जुनियर गरी दुई समूहमा गरिएको विद्यालयका प्रिन्सिपल सुमन जवेगूले जानकारी दिए । सिनियरतर्फ अनिशा तामाङ च्याम्पियन बनिन् । त्यस्तै नामसाङ लिम्बू फस्ट रनरअप र आयुश राई सेकेन्ड रनरअप बने ।

यस्तै जुनियरतर्फ कोनिङ्मा लावती प्रथम बन्दा डालुमा शेर्पा फस्ट रनरअप र सक्षम सुन्दास सेकेन्ड रनरअप बने । प्रतियोगितामा सिनियर र जुनियरतर्फ नै १५–१५ जना प्रतिस्पर्धी रहेका थिए ।

कार्यक्रमको निर्णायकमा शिक्षिका समिता लिम्बू, कल्पना लावती रहेका थिए । कार्यक्रमका विद्यार्थीहरूले अन्य प्रतिभा पनि प्रस्तुत गरेको भाइस प्रिन्सिपल पूजा ताम्राकार जवेगूले बताइन् ।

कार्यक्रमको संयोजन जीबी लिम्बू र समिता लिम्बूले गरेका थिए । आयोजना जेनिथ बाल क्लबको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षिका समिता लिम्बूले गाएकी थिइन् । त्यस्तै रजनी मानन्धरले नृत्य प्रस्तुत गरेको कार्यक्रम सञ्चालिका मोनिका तामाङले बताइन् ।