मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा बैंकहरुको बृद्धिले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।
उपप्रमुख वास्तोलाले आज पथरी बजारमा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटनका क्रममा सो कुरा बताएकी हुन् । उनले बैंकमा मुस्कान सहितको सेवा प्रवाह गर्न समेत अनुरोध गरिन् ।
सो अवसरमा, नगरका उपसचिव शालिग्राम काफ्ले, समाजसेवी माधव कोइराला सहितले शुभकामना मन्तव्य व्यक्त गरिन्।
बैंकको १६ औं स्थापन दिवशका अवसरमा उद्घाटित पथरी शाखा १३५ औं शाखा रहेको छ ।