धरान । यसपटकदेखि विद्यालय शिक्षा परीक्षा (एसईई) सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अगाडि बढाएको छ ।

दुई वर्षदेखि कोरोना महामारीका कारण विद्यालयले नै परीक्षा गर्दै आएको थियो । बोर्डले परीक्षा गर्नका लागि प्रदेश सरकारलाई जिम्मेवारी सुम्पिने गरी प्रक्रिया अगाडि बढाएको अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । 

संविधानले विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारक्षेत्रभित्र राखेकाले पनि परीक्षा संचालन र व्यवस्थापनको जिम्मा यसपटकबाट प्रदेश सरकारलाई दिने तयारी गरिएको उनले बताए । यसअघि कक्षा १० को परीक्षालाई निकै महत्त्वका साथ हेरिने गरेको थियो ।