पथरी । मोरङको कानेपोखरी–७, बरगाछिमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषि तथा पशु उपज ढुवानीको लागि सवारी साधन खरिद गरेको छ ।
संस्थाले गाउँपालिका भित्रका किसानहरूबाट उत्पादित कृषि तथा पशु( तरकारी, खसी बोका र पाठा पाठी) लगायत ओसारपसार तथा बजारीकरण गर्नका सहजताको लागि पिकअफ गाडी खरिद गरिएको हो । हेफर इन्टरनेशनल नेपालले ११ लाख ११ हजार २ सय ५० रुपैयाँ र दिगोपन सामाजिक उद्यमी महिला सहकारीबाट ११ लाख ११ हजार २ सय ५० रुपैयाँ गरी जम्मा २२ लाख २२ हजार ५ सयमा बोलेरो पिकअफ भ्यान खरिद गरिएको संस्थाकी व्यवस्थापक रुकमणी भुसालले बताइन् । संस्थामा काम नभएको बेला पिकअफ भाडामा पनि लगाउने तयारी गरेको छ । पिकअफ भ्यान संस्थाले माघ १ गते देखी सञ्चालनमा ल्याएको छ ।
संस्थाले यस वर्ष ३ लाख ४ हजार ५ सय २७ रुपैयाँ रकम आम्दानी गरेको छ । गत वर्ष संस्थाले १ लाख ७७ हजार ६ सय ८९ रुपैयाँ शुद्ध बचत गरेको थियो । सेयर सदस्यहरू १ देखी २ माउ बाख्रा पाल्ने ३४६ घर, ३ देखी १० माउ बाख्रा १९७ घरधुरी , ११ देखी २० माउ बाख्रा पाल्ने १७ घरधुरी र २० माउ बाख्रा भन्दा माथि पाल्ने ७ घरधुरी संस्थामा रहेको छ । संस्थाले यस आर्थिक वर्षमा ५१४ साना पशु, ४९ वटा ठुलो पशुको बिमा गरेको छ । ती मध्ये २८ वटा साना पशुको मृत्यु भएकोले क्षतिपूर्ति बापत ३ लाख ७१ हजार ५ सय रुपैयाँ मध्ये २ लाख शेयर सदस्यको दुर्घटना बिमाको रकम भुक्तानी दिएको छ ।
किसानको उत्पादनको उचित मूल्य, बिचौलियाको अन्त्य र बजारीकरण सुनिश्चितताको लागि संस्थाले २०७३ साल देखी जीवित तौल अनुसार खसिबोका खरिदबिक्री व्यवसाय, पशु सन्तुलित आहार, उन्नत जातका घाँसका बिउ बिजन खरिद बिक्री गदै आइरहेका छन् । संस्थाले किसानले पालेको खसी बोका, पाठा पाठी उचित मूल्यमा खरिद गरी बजार खोजी बिक्री गर्दै आएको छ । ४१ वटा महिला समूह मध्ये २४ वटा समूह मिलेर २०६८ सालमा संस्था सुरु गरेका थिए । ९०२ महिला र १८ जना पुरुष गरी जम्मा ९ सय २० जना सदस्य रहेका छन् ।
