धरान । इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोम फाइबरनेटले काठमाडौँको टीकाथलीमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । 

डिसहोमका राष्ट्रिय बिक्री प्रबन्धक मनोज शर्मा, क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपानेलगायतले शोरुमको उद्घाटन गरे । फागुन ४ गतेदेखि टीकाथलीमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गरिरहेको छ । 

डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पु¥याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । 

२ हजार भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको टेककेयर टेक्नोलोजीले अब अझ बढी ग्राहकहरूको माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजीका सञ्चालक दीपक थापाले जानकारी दिए ।