वराहक्षेत्र । वराहक्षेत्र–२ को आदर्श माध्यमिक विद्यालयमा मास्क बैङ्क स्थापना गरिएको छ ।

प्रदेश १ स्काउट कार्यालयले युनिसेफको सहयोगमा मास्क बैङ्क स्थापना गरेको हो । स्काउटले प्रदेश १ का १० वटा सामुदायिक विद्यालयलाई नमुनाका रूपमा छनोट गरेअनुसार विद्यालयमा बुधबार मास्क बैङ्क स्थापना गरिएको हो ।

स्काउट प्रदेश संयोजक रवि खनालले २० हजार थान मास्क हस्तान्तरण गरे । स्कुलका प्राचार्य प्रह्लाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा वराहक्षेत्र स्काउट नगर संयोजक बालकृष्ण राई, नेपाल स्काउट प्रदेश नं. १ सदस्य हेमन्त भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष यादव गौतमलगायतको उपस्थिति रहेको थियो ।