धरान । धरानको एसडी कलेजले बिहीबारबाट खेलकुद सप्ताह कार्यक्रम सुरु गरेको छ । धरान–३ देशीलाइनस्थित कलेजले छात्रछात्राहरूबीच फुटसल, ब्याडमिन्टन, चेस, क्यारमबोर्ड, बास्केटबल प्रतियोगिता गराइरहेको हो । 

खेलकुद सप्ताहअन्तर्गत पहिलो दिन छात्र तथा छात्राबीचको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । छात्रतर्फ कुल ६ टिम सहभागी छन् भने छात्रामा दुई टिम सहभागी छन् । कक्षा १०, ११ र १२ मा अध्ययरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा भइरहेको कलेजका संयोजक विशाल राईले जानकारी दिए । 

sd_college_one

फुटसलमा आमन्त्रित, शिक्षक र छात्र गरी ६ टिमबीच प्रतिस्र्धा भएको हो । उद्घाटन खेल आमन्त्रितमा फोटो पत्रकार महासंघ सुनसरी र एसडी कलेजका शिक्षकहरूबीचको खेलमा ७–४ गोल अन्तरले हराउँदै शिक्षकको टिम सेमिफाइनलमा प्रवेश गरेको हो । 

विजेता टिमले ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । त्यस्तै ब्याडमिन्टन, चेस, क्यारमबोर्ड, बास्केटबल खेल भने भोलिबाट सुरु हुँदै छ । तीन दिनसम्म हुने खेलकुद सप्ताहको समापन शनिबार हुँदै छ । 

sd_college_two