धरान ८  स्थित भाेटेपुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख ७८४८ नम्बरको यात्रुवाहक  बसले धनकुटे रोडबाट आएको  बा ७२ प ९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान ११ का २५ वर्षीय मोहन राई घाइते भएको सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । 

कार्यालयका अनुसार दुर्घटनामा परि टाउकोमा चोट लागेर गम्भिर घाइते भएका राईको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटना पछि बसलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिए पनि बस चालक भने फरार रहेकाे बताइएकाे छ  ।