धरान । धरान जेसीजले ‘डकुमेन्टेसन म्यानेजमेन्ट तथा स्कार्प बुक’ तालिमको आयोजना गरेको छ । 

धरान जेसीज सचिवालयमा शनिबार कागजात व्यवस्थापन र त्यसलाई कसरी सिलसिलाबद्ध राख्ने विषयमा तालिम दिइएको धरान जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठले जानकारी दिए । तालिमका मुख्य प्रशिक्षकका रुपमा पूर्व अध्यक्ष मोहन श्रेष्ठ र जेसीजका हालका कानूनी सल्लाहकार आशिषराज यादवले तालिम दिएका थिए । 

कागजात व्यवस्थापन गर्ने विषयमा सामान्य ज्ञान नहुँदा धेरै नै दुःख पाउने भएकाले पनि यस्ता तालिम सहयोगी हुने विश्वास रहेको धन्यवाद मन्तव्यका क्रममा तालिम निर्देशक कृष्ण केसी वर्माले बताए । तालिममा अतिथि वक्ताका रुपमा ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ रहेका थिए । उनले जीवनमा अनुभव र सिकाइ कति महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए । 

JCI_DHaran (1)

तालिममा धरान जेसीज, जुनियर जेसीज, विभिन्न बैंक तथा संघसंस्थाबाट प्रतिनिधित्व गरेका थिए । जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व विकास तालिम प्रदान गर्दै आइरहेको छ । तालिममा आफूले सिकेका कुराहरु समाजमा हस्तान्तरण गर्नुपर्ने अध्यक्ष प्रतीक श्रेष्ठले बताए । कार्यक्रममा सहभागीहरुलाई धरान जेसीजका निवर्तमान अध्यक्ष मणिराज अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव ऋषिराम भट्टराईले गरेका थिए  ।