ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्की सम्मानित भएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा स्थित सावित्री-गोपाल स्मृति ट्रष्टले कार्कीलाई सम्मान गरेको हो । कार्कीसँगै गायक रवि रिमाललाई पनि सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष रोशन भट्टराइले जानकारी दिए ।
कार्यक्रममा उनीहरुलाई नगद दश हजार, फुल माला, अविर सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सम्मानीत कार्कीले सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणका लागि पत्रकार र साहित्यकारहरुको महत्वपूणर् भूमिका रहने बताए । पत्रकारिता र साहित्य दुवैले राजनीतिक रुपान्तरणका लागि खेलेको भूमिका बारे उनले चर्चा गरेका थिए ।
कार्यक्रममा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने, एमाले नेता रेवतीरमण भण्डारी, इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता, नागरिक समाजका पुरुषोत्तम घिमिरे, नेकपा एमालेका केन्द्रिय सदस्य सरोज पोखरेल, माओवादीका ओके दाहाल, प्रल्हाद पहरेदार, सागर तिम्सिना, निलम कार्की लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रल्हाद पहरेदार, सागर तिम्सिना र कुन्ता शर्माले कविता बाचन गरेका थिए ।
समाजसेवी तथा साहित्यकार रोशन भट्टराईले आफ्ना मातापिताको सम्झनामा ट्रष्ट स्थापना गरेर समाजका विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गर्दै आएका छन् ।