धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. २ खुवाफोक घर भएका वर्ष ३८ का इन्द्र याक्खाको बिहीबार राती मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
गठबन्धनको चुनावी कार्यक्रममा भोट मागेर साँगुरीगढीको कुसेटारबाट घर खुवाफोकको मादेन जाँदै गर्दा याङ्गलिख्खामको भीरबाट लडेर उनको घटना स्थल मै मृत्यु भएको हो ।
को २८ प ७४७१ नम्बरको २२० सीसी पल्सर मोटर साइकलसहित उनी भीरबाट २५० मिटर तल झरेका थिए । मोटर साइकल दुर्घटना बिहीबार १० बजे राती भएको प्रत्यक्षदर्शी पुर्ण लिम्बूले बताएका छन् ।
घर छेउबाट गएको मोटर साइकलको प्रकाससहित भीरबाट झरेको र ठुलो आवाज आएकाले दुर्घटना भएको थाहाँ पाएको लिम्बूले बताए । लिम्बूले थाहाँ पाएपछि छरछिमेकलाई खबर गरेका थिए । याक्खाको शवलाई शुक्रबार पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा ल्याइएको पुर्व सांसद एवं नेकपा एस धनकुटाका नेता दुर्गा लिंखाले बताए ।

प्रहरीले पोस्टमार्टमपछि याक्खाको लास अन्तिम संस्कारको लागी परिवारले जिम्मा लिएको जनाएको छ ।