धरान । धरान–२० नम्बरको मतगणना जारी रहँदा हस्ताक्षरविनाको मतपत्रमा मत खसालेको पाइएपछि धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा आन्दोलन सुरु भएको छ । 

निर्वाचन स्थलका अधिकृतको हस्ताक्षरविनाको मतपत्र फेला परेपछि आन्दोलन भएको हो । त्यसक्रममा तोडफोडको पनि प्रयास भएको छ । अहिले पनि आन्दोलन जारी छ । सुरक्षाकर्मी व्यापक रूपमा परिचालित भएका छन् । २० नम्बरका असन्तुष्ट पक्ष आन्दोलित बनेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख पुष्करराज नेपालविरुद्ध नाराबाजी भइरहेको छ । उनीहरूले राजीनामा दिनुपर्नेसम्मको माग उठाइरहेका छन् । हाल धरान २०, १९, १२ नम्बर वडाको मतगणना जारी रहेको थियो । धरान २० मा प्रमुख पदमा नेपाली काङ्ग्रेसले अग्रता लिइरहेको थियो । 

धरानमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ९, १० र १८ नम्बर वडाको मतपरिणाम आइसकेको छ ।