धरान । सुनसरीको वराहक्षेत्रका वडा तहमा नेकपा (एमाले) माथि अन्तरघात गरेको भन्दै चारजनालाई साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै वराहक्षेत्र ३ नम्बर वडा कमिटीले चारजनालाई कारबाही गरेको हो ।

कारबाही पर्नेमा आशिलाल धामी, राम धामी, रोयल तामाङ र लक्ष्मण तामाङ छन् । पार्टीलाई असहयोग गरी गठबन्धनलाई सहयोग गरेको पाइएपछि कारबाहीका कारण माथिल्ला कमिटीमा पठाइएको वडा कमिटी अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

एमालेलाई हराउनका लागि पार्टीभित्रैबाट लागेकाले बाध्य भएर साधारण सदस्य नरहने गरी कारबाही गर्नुपरेको सुवेदीले जानकारी दिए । पार्टी नराम्रोसँग पराजय भोगेपछि वराहक्षेत्रका नगर इन्चार्ज रुद्र दाहालले पदबाट राजीनामा दिएका थिए ।