धरान । धरानका प्रमुख हर्क साम्पाङले पदभार सम्हालेलगत्तै विजय र्यालीमा सहभागी भएका छन् । 

उनको विजय र्यालीमा स्वस्फूर्त रूपमा नागरिकहरू निस्किएका छन् । धरानका मुख्य बजार क्षेत्र मात्रै नभई ग्रामीण बस्ती तथा सुकुम्बासी बस्तीहरूमा पनि पुगेर उनले आशीर्वाद लिएका छन् । धरानको खानेपानी, बीपी प्रतिष्ठान, बाटोघाटोको विषयमा आवाज उठाउँदै आएका उनले पदभार सम्हालेलगत्तै खानेपानीको समस्यामा पहिलो पहल थाल्ने निर्णय गरे । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् खानेपानी, बिजुलीको समस्या भए फोन गर्न भन्दै सोमबार राति नम्बर सेयर गरेका छन् । धरानमा उनले २० हजार ८ सय २१ मत ल्याउँदै विजयी बनेका छन् । धरानमा पहिलो पटक राजनीतिक शक्तिहरूलाई स्वतन्त्र उम्मेदवारले पराजित गरेको हो ।