यासोक—पाँचथरको तुम्बेवा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले शुरक्षित प्रसुतिको लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय गरेका छन । गाउँपालिकामा सपथ तथा पदभार ग्रहण कार्यक्रममा उनिहरुले यस्तो निर्णय गरेका हुन । नवनिर्वाचित गाउँपालिका अध्यक्ष बाबुराम खड्का सहितका जनप्रतिनिधिहरुले प्रमुख तीन वटा निर्णय गरेका छन ।
गाउँपालिका जिल्लाको दुर्गम क्षेत्र भएकाले पनि सुरक्षीत प्रसुतिको लागि निःशुल्क एम्बुलेन्स सेवा ब्यवस्था गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताए । त्यस्तै मृतक परिवारलाई काजकिरिया बापत नगद ५ हजार दिने निर्णय गरेको छ । त्यस्तै अपाङ लक्षित कार्यक्रम अन्र्तरगत ‘क’ बर्गका अपाङ्गता भएका ब्यक्ति गम्भीर बिरामी भएको अबस्थामा निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय समेत गरेको खड्काको भनाई छ । खड्का एमालेका गोबिन्द बहादुर तामाङलाई पराजित गर्दै गठबन्धनका साझा उमेद्धवार कांग्रेसबाट गाउँपालिकामा निर्वाचित भएका हुन ।
सुसाङमा स्मृति अक्षय कोषद्धारा ५० विद्यार्थीलाई स्कुल ब्याग बितरण
यासोक—पाँचथरको कुम्मायक गाउँपालिका—१ का विद्यार्थीलाई सुसाङमा फेवादेन स्मृति अक्षयकोषले स्कुल व्याग बितरण गरेको छ । यासोक बजारमा रहेको अमृत आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई ब्याग झोला बितरण गरेको हो ।

विद्यालयमा स्थापना गरिएको ३ लाख रुपैयाँको अक्षयकोषबाट छैटौं पटक विद्यार्थीहरुलाई २६ हजार ५ सय मूल्य बराबरको स्कुल ब्याग बितरण गरिएको अक्षयकोष सञ्चालक समितिका अध्यक्ष फेवादेनले बताए । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले सामुदायिक विद्यालयको सस्थागत विकास र शैक्षिक गुणस्तर सुधार गर्न अक्षय कोष स्थापना गरेको भन्दै प्रशंसा गरे ।
स्वः सुसाङमा फेवदेनको २०५८ माघ २० मा जन्म भई २०६८ कार्तिक १२ गते युकेमा निधन भएको थियो । उनकै स्मृतिमा २०७३ मा ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाको बार्षिक ७५ प्रतिशत ब्याजदरबाट विद्यार्थीलाई बर्षेनी छात्रबृति बितरण गर्दै आएको छ । सोही अवसरमा उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक—१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती लगायत शिक्षक अभिभावकको उपस्थिति रहेको थियो ।