यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—१ का विद्यार्थीलाई सुसाङमा फेवादेन स्मृति अक्षयकोषले स्कुल व्याग बितरण गरेको छ । यासोक बजारमा रहेको अमृत आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई ब्याग झोला बितरण गरेको हो । 

विद्यालयमा स्थापना गरिएको ३ लाख रुपैयाँको अक्षयकोषबाट छैटौं पटक विद्यार्थीहरुलाई २६ हजार ५ सय मूल्य बराबरको स्कुल ब्याग बितरण गरिएको अक्षयकोष सञ्चालक समितिका अध्यक्ष फेवादेनले बताए । कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले सामुदायिक विद्यालयको सस्थागत विकास र शैक्षिक गुणस्तर सुधार गर्न अक्षय कोष स्थापना गरेको भन्दै प्रशंसा गरे । 

स्वः सुसाङमा फेवदेनको २०५८ माघ २० मा जन्म भई २०६८ कार्तिक १२ गते युकेमा निधन भएको थियो । उनकै स्मृतिमा २०७३ मा ३ लाख रुपैयाँको अक्षयकोष स्थापनाको बार्षिक ७५ प्रतिशत ब्याजदरबाट विद्यार्थीलाई बर्षेनी छात्रबृति बितरण गर्दै आएको छ ।  सोही अवसरमा उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक—१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती लगायत शिक्षक अभिभावकको उपस्थिति रहेको थियो ।