धरान । धरान मोडल कलेज धरानले बिएसडब्ल्यू विषय अध्ययन गर्ने विद्यार्थीको समूहको आयोजनामा धरानको छाताचोकमा रक्तदान कार्यक्रम गरिएको छ ।
शुक्रबार गरिएको रक्तदानमा ७१ युनिट रगत संकलन भएको आयोजकतर्फकी विद्यार्थी इनी शाक्यले बताइन् । कोरोना महामारीपछि रक्तदान कम हुँदा दैनिक रगत अभाव भइरहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीका प्रमुख किरण कार्कीले बताए । रक्तदान कार्यक्रम प्रत्येक वर्ष र आवश्यक परेमा जुनसुकै समयमा आयोजना गर्न सकिने धरान मोडल कलेज बीएसडब्लु डिपार्टमेन्टका प्रमुख विष्णु खनालले बताए ।
कार्यक्रममा धरान मोडल कलेजका क्याम्पस प्रमुख प्रवीण राई, कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठलगायतले रगत दातालाई प्रमाण पत्र प्रदान गरेका थिए । बिएसडब्ल्यू धरानका लागि नयाँ विषय हो ।