विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । समाजमा व्याप्त रक्तस्वाब सम्बन्धी नकारात्मक धारणाहरु चिर्न तथा रतm स्वाब सरसफाई सम्बन्धी सचेतना जोगाउन एक दिने सचेता मुलक कार्यक्रम शनिबार आयोजना गरिएको हो ।
२८ मईको दिन विश्व रक्तस्वाब सरसफाई दिवस विश्वव्यापी रुपमा मनाइने भएकाले सोही अवसर पारेर रोटरी क्लब अफ बिराटनगर डाउनटाउन, लर्ड बुद्ध कलेज तथा रोट्रयाक क्लबको सयुतm आयोजनमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
लर्डबुद्ध कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा लर्ड बुद्ध कलेज तथा न्युरो हेल्थ कलेजका विद्यार्थी न्युरो अस्पतालका नर्स गरि ६५ जना किशोरीहरुलाई रतmस्वाब सरसफाइ सम्बन्धी सचेतनागनको साथै रतm स्वाब कपको प्रयोग र उपयोगिता सम्बन्धी जानकारी गराइएको थियो ।
उतm कार्यक्रममा प्रमुख अतिथी न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले सहभागीहरुलाई रतmस्वाब कप निः शल्क वितरण गरेका थिए । उतm कार्यक्रममा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनका अध्यक्ष सन्चिता जैन, रोटरी क्लब अफ बिराटनगर डाउनटाउनका सर्भिस चेयर गिरिजा शारडा, लर्डबद्ध कलेजका प्रिन्सिपल बिक्रम महर्जन, रोट्रयाक क्लबका अध्यक्ष धिरज शाहलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा लर्डबुद्ध कलेजका डाइरेक्टर राजेश भट्टराईले स्वस्थ्य सम्बन्धी विद्यार्थीहरुलाई सचेत गराउन यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको बताउ । कलेजले बिभिन्न सचेतना मुलक कार्यक्रममा सदैब सहभागिता जनाएको र भविष्यमा यस्ता कार्यलाई निरन्तरतादिने उनले बताए ।