ओखलढुङ्गा। ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।
आइतबार बिहान ८ बजे घरबाट अन्दाजी २ कि।मि। दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।