भोजपुुर । भोजपुुरमा विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी अनुशिक्षण दिईएको छ । लागुुऔषधमा बिद्यार्र्थीहरु नफसुुन भन्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय भोजपुुरले विद्यार्थीहरुलाई अनुशिक्षण दिएको हो ।

भोजपुर नगरपालिका ६, देउरालीमा रहेको सुम्निमा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई अनुशिक्षण दिईएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला बताए । उनले भने, ‘बिद्यार्थीहरुलाई दिइने अनुशिक्षणले लागुऔषधमा फसेकाहरूलाई सुधार्न मद्दत मिल्छ , यसका लागि सिगो समाज एकजुट हुुन आवश्यक छ । लागुऔषधका विषयमा जनचेतना जगाउन सके नियन्त्रणमा समेत सहज हुने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक नितेशकुमार सिंहले लागुऔषधको असर, जोगिने उपाय र कानुनी प्रावधानका विषयमा अनुशिक्षण दिनुु भएको छ । लागुऔषध नियन्त्रणका बारेमा बुझ्न पाएकोमा अनुशिक्षणमा सहभागी विद्यार्थी समेत खुसी भएका छन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइराला सहित जिल्ला प्रहरी कार्यालय भोजपुुरका डिएसपी राजकुमार राई, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई, शिक्षालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी एक सय पचास भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।