विराटनगर । काठमाण्डौंमा अपार सफलतापछि पाठशाला एजुकेशन एसोशिएसन प्रा.लि. विराटनगरमा पनि सञ्चालनमा आउने भएको छ ।
विभिन्न विषयको तयारी कक्षा तथा ट्रेनिङ्ग हुने ‘पाठशाला’ विराटनगरको ट्राफिक चौकमा रहेको नेपाल एसबीआइ बैंकको माथिल्लो तलामा सञ्चालनमा आउने भएको हो ।
काठमाण्डौपछि विराटनगरमा पहिलो पटक पाठशाला सञ्चालनमा आउन लागेको छ । पाठशालाको उद्घाटन असार ६ गते हुने सञ्चालक सन्जय मण्डलले जानकारी दिए । उद्घाटनको दिन विराटनगस्थित होटल नमस्कार रेजेन्सिमा ओरियनटेसन पनि हुने छ । जहाँ विद्यार्थीहरूलाई विभिन्न तयारी कक्षाको विषयमा विज्ञता हासिल गरेको प्रशिक्षकहरूबाट प्रशिक्षण दिनेछ ।
विराटनगरमा सञ्चालनमा आउने पाठशालामा CMAT, KUUMAT, BSc CSIT, IT, BIT, CA, Engeering, Medical तथा Paramedica लोकसेवा कक्षाको तयारी हुने सञ्चालक मण्डलले जानकारी दिए । यसैगरी पाठशालामा ट्रेनिङ पनि हुने गर्दछ । जसमा एयरहोस्टेजको ट्रेनिकङ, बैकिङ्ग, एकाउनटिङ्गलगायतको तयारी कक्षा पाठशालामा हुनेछ ।
एयरहोस्टेज ट्रेनिङ अहिलेसम्म विराटनगरमा हुने गरेको छैन । पाठशालामा एयरहोस्टेजको टेनिङ्ग सञ्चालनमा आएपछि चर्को शुल्क तिरेर पोखरा र काठमाण्डौं धाउनुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य हुनेछ । सम्पूर्ण तयारी कक्षाहरूमा सहभागि हुने विद्यार्थीहरूको लागि काठमाण्डौंदेखि आउने प्रध्यापक र शिक्षकहरूले दिनेछन् ।
‘पाठशालामा तयारी कक्षा लिन आउने विद्यार्थीहरूको लागि हामीले अनुभवि प्रध्यापक र शिक्षकहरू ल्याउने गरेका छौं,’ सञ्चालक मण्डलले भने, ‘जहाँ विद्यार्थीहरूले भयरहित बातवरणमा सिक्न पाउँछन् ।’
हालको लागि पाठशालाको सम्र्पक कार्यालय विराटनगरको ट्राफिकचौकस्थित गुरुकुल एजुकेशन फाउण्डेसनमा रहेको छ । विराटनगरमा खुलेको पाठशालाले सम्पूर्ण विद्यार्थी र अभिभावकहरूको मन जित्ने गरि ज्ञानहासिल गराउन सघाउने गुरुकुल एजुकेशनका सञ्चालका रोशन निरौलाले बताए ।