भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम कुमार राईले शिक्षक माथि कुटपिट गरेको छन् ।
प्रमुख राईले सरुवाको बिषयमा विवाद भए पछि शिक्षक रञ्जन कुमार यादवलाई कुुटपिट गरेका हुुन् । वडा नम्बर ६ पाल्पाले जरायोटारमा रहेको महेन्द्रदोय माध्यमिक विद्यालयका शिक्षक यादवलाई राईले विहिबार कुुटेको नेपाल शिक्षक महासंघ अरुण गाउँपालिका अध्यक्ष शिवहरी खडकाले बताए ।
यसैबिच नेपाल शिक्षक महासंघ अरुण गाउँपालिकाले कुुटपिटमा संलग्न राई माथि कारवाहीको माग गर्दै विज्ञप्ती समेत सार्वजनिक गरेको छ । महासघले पिडक राईलाई सार्वजानिक रुपमा आममाफी मगाई हदैसम्मको कार्वाही गर्न माग गरेको हो ।
विज्ञप्ती मार्फत् प्रमुख राईलाई जिम्मेवारीबाट हटाई शिक्षा शाखामा यथाशिघ्र अधिकृतको व्यावस्था गर्न भनिएको छ । माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम गर्ने महासंघले चेतावनी दिएको छ ।
महासंघले घटनाको बिरोधका आज शुुक्रबार अरुण गाउँपालिकामा रहेका सबै बिद्यालयसमेत बन्द गरेको छ ।