गय राती गएको पहिरोमा परेर पाँचथरको फालेलुङ गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने परिवारका अन्य दुई जना बेपत्ता भएका छन् । 

गय राती करिब १० बजे  गाउँपालिकाको ७ नम्बर वडामा ४२ वर्षीय रुपलाल मगर घरमाथिबाट खसेको पहिरोले घर पुरिदा रुपलाल उनकी ३८ वर्षीया श्रीमती गोमा  र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका थिए । 

बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा  आज बिहान रुपालालको शव फेला परेको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले  जनाएका छन् । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ता  भएका अन्य दुई जनाको खोजिकार्य गरिरहेको छ ।

ढुङ्गा माटोले बनेको घर तथा गोठ बगाउने गरी आएको पहिरोमा परेका रूपलालका ७१ वर्षीय काका दलप्रसाद भने उछिट्टिएर बाँच्न सफल भएको अध्यक्ष थाम्सुहाङले  बताए ।